Logo

टेरामिक्स प्रविधि लागु गर्न टेलिकम र एनसेललाई दूरसञ्चार प्राधिकरणको निर्देशन



काठमाडौं, ५ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामिक्स प्रविधि लागु गर्न नेपाल टेलिकम र एनसेललाई निर्देशन दिएको छ । यो प्रविधि खरिद गरिएको लामो समय हुँदापनि अअिहलिेसम्म लागु नभएकोमा प्राधिकरण रुष्ट थियो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज नेपाल टेलिकम र एनसेललाई टेरामिक्स लागु गर्न निर्देशन दिएको बताईएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले धेरै अघि नै टेरामिक्स प्रविधि भित्र्याएको हो । प्राधिकरणले भने यो प्रविधि भित्र्याएको लामो समय हुँदापनि यसको कार्यान्वयन नभएकोमा गुनासो गर्दै आएको थियो ।

तर, यो प्रविधि भित्र्याएको विषयमा भने संसदमा आलोचना भएको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले ०७९ चैत्र २४ गते भने फोनमार्फत सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्र्याउँदा नेपाललाई नोक्सानी हुनसक्ने धारणा राखेका थिए ।

उनले भनेका थिए,‘हामीलाई यस्तो आवश्यकता किन पर्यो ? यो निर्णय किन गरिदैछ रु म सरकारलाई सोध्न चाहन्छु, विधेयक आइसकेपछि यदि यस्तो प्रविधि चाहिएको भए त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, यसमा हतार किन गरिएको छ ?



प्रतिक्रिया दिनुहोस्

Screenshot