Logo

वामदेवको आरोपः ‘रमेश खरेल इन्स्पेक्टर हुँदा मलाई मार्छु भन्दै रिभल्वर बोकेर हिँडेका थिए’



काठमाडौं, ६ साउन । नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले रमेश खरेल इन्स्पेक्टर हुँदा आफूलाई मार्छु भन्दै रिभल्वर बोकेर हिँडेको अरोप लगाएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा साक्षत्कारका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आईजिपी बनाएपछि खरेलले आफूलाई मार्ने धम्की दिएको उनको आरोप छ । आफूले पार्टीको निर्णय र एमालेका नेताहरुको निर्देशन अनुसार नै तत्कालीन समयमा प्रधानलाई आईजिपी बनाएको उनले बताए ।

‘रमेश खरेलले चरित्र हत्या गर्नेबाहेक अरु केही गर्नु भएको छैन । मलाई बाध्य गराईएको थियो रमेश खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई आईजिपी बनाउनको निम्ति मैले त्यही काम गरे पार्टीले निर्णय गरेको थियो । पार्टीका नेताहरुले मलाई निर्देशन दिनुभएको थियो । त्यसबेला रमेश खरेलले भन्दै हिँडेका थिए वामदेवलाई जहाँ भेटेपनि यो रिभल्बरले ठोकेर मार्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot