Logo

जनकपुरमा जनमतको पक्षमा लहर



काठमाडौं, ६ साउन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीको पक्षमा व्यापक जनलहर देखिएको छ । जनमत पार्टी पर्यवेक्षक डा. प्रसन्न झाको प्रमुख आतिथ्यतामा जनकपुरधाम उपमहानगर वडा नम्बर १५ रामपुरमा आज वडा तदर्थ समिति गठन भएको छ । सो कार्यक्रममा व्यापक जनसभागिता रहेको झाले जनाए ।

उनकाअनुसार सन्तोष चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ। उक्त समारोहमा सयौंको संख्यामा अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेता झाले खादा तथा माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

उक्त अवसरमा जनमत पार्टीका नेताहरु सर्वश्री सुरेश साह, साबिर राईन र नगर संयोजक रणजीत राय तथा पंकज चौधरीसहित अन्य गन्यमान्यसमेतको व्यापक उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot