Logo

संसद् भवन घेराउमा गएका लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल (फोटोफिचर)



काठमाडौं, १० साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेको उनीहरु संसद् भवन घेराउ गर्न आज (बुधबार) नयाँ बानेश्वरको संघीय संसद् भवन परिषरतर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोकेको छ ।

प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीको घेरा तोडेर अगाडि बढेका केही प्रदर्शनकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरु लामो समयदेखि आन्दोलनरत छन् ।  Photo By: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्