Logo

कोशी प्रदेशका सभामुखलाई सर्वोच्चको जवाफः ‘सांसदको भूमिका दाबी गर्न मिल्दैन’



काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । प्रदेश सभाका सभामुखले दोहोरो भूमिका दाबी गर्न नमिल्ने निष्कर्षसहित सर्वोच्चले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको हो । गत असार १५ गते सरकार गठनका क्रममा सभामुख बाबुराम  गौतमकोसमेत हस्ताक्षर लिएर बहुमत पुर्याइएको थियो ।

‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै थप वा दोहोरो भूमिकाको दावी गर्न मिल्दैन । निजले सभामुखको भूमिकामा सीमित रहनु पर्दछ,’– फैसलामा भनिएको छ ।

सभामुख गौतमले मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष बहुमत सदस्य रहेको देखाउने प्रयोजनका लागि पेश गरिएको प्रस्ताव (दावीपत्र) मा हस्ताक्षर गरी जनाएको समर्थन संवैधानिक विधिशास्त्र, संवैधानिक नैतिकता, संसदीय अभ्यास र नेपालको संविधानमा रहेका प्रावधानसमेतका दृष्टिले उचित, वैध र स्वीकार्य नदेखिएको सर्वोच्चको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot