Logo

गृहमन्त्री नारायणकाजीको प्रशंसा गर्दै ऋषि धमलाले भने–तपाईँ सफल गृहमन्त्री हो, भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउनुहोस (भिडिओसहित)



काठमाडौं, १३ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो कामको प्रशंसा गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठलाई सफल गृहमन्त्रीको रुपमा पनि चित्रण गरे । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् ।

उनले भने–‘तपाईँ सफल गृहमन्त्री होस, तपाईको राम्रो काममा जनताको साथ छ । तपाईँ ढुक्क भएर काम गर्नुहोस । तपाईँको पछाडि नेपाली सञ्चार जगत छ, भ्रष्टाचारीलाई कसैले पनि साथ दिनेछैनन् । कमिशनखोर र तस्करीलाई कसैले पनि साथ दिने छैनन् ।’

पत्रकार धमलाले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा खुट्टा नकमाउन गृहमन्त्री श्रेष्ठलाई सुझाव दिए । उनले भने,‘हिम्मत गर्नुहोस, तपाईँ भ्रष्टाचारीलाई कानूनी कारबाहीमा ल्याउनुहोस ।’ सो अवसरमा उनले गृहमन्त्री श्रेष्ठलाई भविष्यको देशको प्रधानमन्त्रीको रुपमा पनि प्रोजेक्ट गरे । उनले भ्रष्टाचार अन्त्य आफूहरु सबैको साझा एजेण्डा भएको पनि सुनाए । यसको लागि गृहमन्त्री श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।

Photo & Video Source: Laligurash Media Network



प्रतिक्रिया दिनुहोस्

Screenshot