Logo

विपीले ‘राष्ट्रिय मेलमिलाप’ को नाममा राजासँग आत्मसमर्पण गरेः ओली



काठमाडौं, १७ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विपी कोइरालाले ‘राष्ट्रिय मेलमिलाप’ को नाममा राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संघर्ष गर्न नसकेपछि र भारतमा पनि टिक्न नसकिने भयो भन्ने निष्कर्षमा पुगेपछि विपीले राष्ट्रिय मेलमिलापको नाममा राजा र आफ्नो मेलमिलाप गरेको टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न नसकिने भयो, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर अप्ठ्यारो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्यो । तर, त्यसलाई के भन्नुभयो भने ‘एक दिन विहान उठ्दा सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ ।’ त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्य शक्ति । दुईटा मिलेर जानपर्छ भन्ने व्यख्या गरेर विपी कोइरालाले ‘राष्ट्रिय मेलमिलाप’ भनेर आफुनो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो । कसको विरुद्ध त भन्दा वामपन्थी, परिवर्तनकारी र देशक्त शक्तिहरुका विरुद्ध,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot