Logo

नागरिक उन्मुक्तिमा भाँडभैलो



काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ ।

पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध जनाएका छन् ।

यद्यपि नाउपा आज नै सुदूरपश्चिम सरकारमा सहभागी भइसकेको छ । लक्ष्मण केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुखसमेत हुन् ।

उनले छिट्टै पत्रकार सम्मेलन गरेर जिम्मेवारीबाट बाहिरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot