डोल्पा, साउन २०। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडी तोडफोड भएको छ ।
अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।
हिन्दूहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए। कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।
यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिँडी तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।