Logo

नेकपा एसकी केन्द्रीय सदस्य तुलाधर एमाले प्रवेश



काठमाडौं,२७ साउन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार ओली निवास भक्तपुरको बालकोट पुगेर तुलाधर एमाले प्रवेश गरेकी हुन् । तुलाधर एमाले प्रवेश गरेसँगै नेकपा एस त्यागेर एमाले फर्किने केन्द्रीय सदस्यको संख्यक ३१ पुगेको छ ।

२ वर्ष अगाडि एमालेबाटै विभाजन भएको नेकपा एसलाई पछिल्लो समय पार्टी विभाजनको औचित्य पुष्टि गर्न धौधौ परेको छ । नेकपा एसबाट हालसम्म ३१ जना केन्द्रीय सदस्य तीनजना पदाधिकारी साथै १४ जना जिल्ला अध्यक्ष एमाले प्रवेश गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot