Logo

नेकपा एस निकट खेलकुद महासंघलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन जरुरी छैनः झलनाथ खनाल



काठमाडौं,२७ साउन । सत्तारुढ नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नसमेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताए ।

सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आवद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यस अवसरमा उनले सबै खेलाडीहरूलाई उत्साहतका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot