Logo

बर्माबाट भागेर आएका मारवाडीहरुको हातमा नेपालको अर्थतन्त्र पुगेको दुर्गा प्रसाईंको दाबी



काठमाडौं, २८ साउन । व्यवसायी दुर्गा प्रसाईले नेपालको अर्थतन्त्र बर्माबाट भागेर आएका मारवाडीहरुको हातमा पुगेको र देश खोक्रो बनाएको आरोप लगाएका छन् । उनकाअनुसार मारवाडी समुदाय १९८५ सालमा बर्माबाट भागेर नेपाल पशेका हुन् । ती मारवाडी नेपाल प्रवेश गरेको ४५ वर्ष भएको र अहिले उनीहरुको हातमा नेपालको अर्थतन्त्र पुगेको उनको दाबी छ ।

ऋषि धमलासँगको कुराकानी प्रसाईले ४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेपछि भागेर नेपाल आएको सुनाए । प्रसाईका अनुसार बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु हुन् ।

प्रसाईले नेपालको अर्थतन्त्रमै कब्जा जमाएका मारवाडीहरू देशको कानुन तथा ऐनविपरीत चलेको पनि आरोप लगाएका छन् । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईले भागेर नेपाल छिरेका मारवाडीहरुको हातमा अहिले ४० खर्ब रुपैयाँको अर्थतन्त्र पुगेको दाबी गरे ।

उनले भने,‘मारवाडीका हातमा ४० खर्ब रुपैयाँ पैसा भएपनि नेपालमा रोजगारी सिर्जना गरेका छैनन् । हेर्नुहोस त आज लाखौं हाम्रा नेपाली युवाहरु परिवार पाल्नको लागि विदेशिएका छन् । अहिले नेपालको व्यवसाय ओरालो लाग्नुको मुख्य कारण पनि मारवाडीको हातमा पैसा नै हो । नेपालको कृषिमा लगानी गर्ने भनेर पैसा उनीहरुले कब्जा गरेका छन् । यो अहिलेको मुख्य समस्या हो ।’

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका उद्योग छन् । यसको साथै कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा उनै पावनले नेतृत्व गरेका गोल्यान समूहको वर्चश्व छ । उनी सोहनलालका छोरा हुन् ।

यस्तै, एमजी खेतान प्रमुख रहेर लक्ष्मी बैंक, हिमालयन बैंक, एभरेष्ट टथा प्राइम लाइफ इन्स्योरेन्समा लगानी रहेको खेतान ग्रुपको उत्पादन क्षेत्रमा पनि लगानी छ । सनराइज बैंक दुगड गु्रपले नै चलाएको हो । दुगड गु्रपका अध्यक्ष मोतिलाल दुगड पनि मारवाडी हुन् । यस्तै, जगदीशप्रसाद अग्रवालको नेतृत्वमा विशाल ग्रुप रहेको छ ।

उक्त समूहले उत्पादन, बैंकिङ, अटोमोवाइल, इन्स्योरेन्स, शिक्षा, हस्पिटालिटी, कृषि इत्यादी क्षेत्रमा लगानी गरेको छ । एनआईसी एशिया र नेपाल इन्फ्रस्टक्चर बैंक (निफ्रा)मा यसको लगानी छ ।

साथै, मारवाडी शंकरलाल अग्रवाल हुन् । उनको समूहले अहिले बैंक तथा वित्तीय क्षेत्रमा पनि हात हाल्ने तयारी गरेको छ । व्यवसायी प्रसाईले ५५ जना व्यापारिक घरानाले अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएको पनि दाबी गरे । र, त्यसको प्रमाण आफूसँग भएको उनको भनाई छ । उनकाअनुसार एउटा गु्रपले मात्रै १० खर्ब चलाएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको उनको दाबी छ ।

Related Video:



प्रतिक्रिया दिनुहोस्

Screenshot