Logo

प्रहरीका एआईजीहरुको सरुवा, उपत्यका प्रहरी प्रमुखमा थापा



काठमाडौं, भदौ २ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा प्रशासन विभाग प्रमुख रहेका एआईजी दीपक थापालाई पठाइएको छ ।

थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो ।

यस्तै एकेडेमीका प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक रहेका छन् । उनीहरुको चार महिना अघि मात्रै पदस्थापन भएको थियो ।
उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राई, केन्द्रीय अनुसन्धान ब्युरोकी निर्देशक किरण बज्राचार्य र प्रशासन विभागका प्रमुख दिपक थापा २०७९ चैत २० मा पदस्थापन भएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले २०७९ चैत २४ मा सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई पदस्थापन गर्ने निर्णय गरेका थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot