Logo

‘म कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ’



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कलाकार हुने इच्छाबाट प्रेरित व्यक्ति भएको बताएका छन् ।

हिजो (शनिबार) राति गायनतर्फको ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को फाइनल प्रतियोगिता हेर्न ललितपुरको गोदावारी पुगेको प्रधानमन्त्री प्रचण्डले आफ्नो जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शिक्षक हुँदै राजनीतिमा प्रवेश गरेका थिए । ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ,’– कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले कला र संस्कृति संरक्षणको क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot