Logo

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज



काठमाडौं, भदौ ४ । सदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो । सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ ।

उनीविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको छ । विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले आज प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइ हुने बताए । उनले भने, “उजुरीकर्तासँग र प्रस्तावित प्रधान न्यायाधीश दुवैसँग आज छलफलको कार्यसूची रहेको छ ।”समितिले साउन २३ गते सुनुवाइ प्रव्रिmया आह्वान गर्दैै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

उजुरीको प्रव्रिmया सकिएपछि समितिले सुनुवाइको मिति तोकेको हो । आजै समितिले निर्णय प्रव्रिmयासमेत सम्पन्न गर्ने छ । सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रव्रिmया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot