Logo

समाजवादी चिन्तकको रूपमा विपी पछिको नाम प्रदीप गिरिको लिनुपर्छ : सभापति देउवा



काठमाडौं, ४ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले समाजवादी चिन्तकको रूपमा कांग्रेस संस्थापक नेता स्व. विशेश्वर कोइरालापछिको नाम प्रदीप गिरिको लिनुपर्ने बताएका हुन्।

सोमबार कांग्रेस नेता स्व. प्रदिप गिरिको पहिलो वार्षिकीमा आयोजित ‘स्मरण सभा’मा बोल्दै सभापति देउवाले समाजवादी चिन्तकको रूपमा विपीपछि गिरिको नाम लिनुपर्ने बताएका हुन्।

उनले भने, ‘समाजवादी चिन्तकको रुपमा विपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ। उहाँ धेरै ठूलो विद्वान हो, विपीपछिको ठूलो समाजवादी चिन्तक हो। उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ। उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु। उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ। त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot