Logo

पूर्वमन्त्री जोशीलाई सिआईबीले बोलाएर पनि बयान नलिई फर्कायो



काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा अपचलन प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले आफूलाई सिआईबीले बयान लिन भनेर बोलाएपनि बयान नलिएको र फेरि बोलाउँला भनेर फर्काएको बताएका छन् । उनले पहिलोपटक सिआईबी प्रमुख किरण बज्राचार्य (एआईजी) ले आँफै बयानको लागि बोलाएको र पछि फेरि अहिले नआउनु भनेर खबर पठाएको पनि स्मरण गराएका छन् ।

तर, आज बोलाएबमोजिम सवा १ बजे सिआईबी कार्यालय पुगेको तर बयान नलिई फेरि बोलाउँला भनि फर्काईएको जोशीको भनाई छ । उनले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको उल्लेख गरेका छन् । र, आफू फरार नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

पहिलो पटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot