Logo

सदनको अवरोध खुलाउन आजपनि जुटे शीर्ष नेताहरु छलफलमा, ओली पनि सहभागी



काठमाडौं, ६ भदौ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखेर एमालेले सदन अवरोध गरेपछि झण्डै एक महिनादेखि प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सदनको अवरोध खुलाउनको लागि पछिल्ला दिन लगातार छलफल भैरहेका छन् ।

आजपनि राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु भएको छ । आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीपनि उपस्थित् छन् । यसअघि हिजोको लागि बोलाईएको बैठक भने ओली अनुपस्थित् भएपछि नबसी बैठक स्थगित भएको थियो । एमालेले माग गरेबमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न शीर्ष दलका नेताहरू सहमत भएको बताईएको छ ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot