Logo

प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री दाहालले एक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले जारी गरेको शोक वक्तव्यमा भनिएको छ

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुखी तुल्याएको छु। सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।



प्रतिक्रिया दिनुहोस्

Screenshot