Logo

बर्दघाटमा यात्रुवाहक बस दुर्घटना, आठ जना यात्रु घाइते



काठमाडौं, भदौ १३ । पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र उनको खोजिकार्य भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot