Logo

नेपालमा विदेशी हस्तक्षेप बढि छ, प्रचण्ड प्रधानमन्त्रीमा कति टिक्ने पनि शक्ति राष्ट्रको हातमा छ : चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, १९ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अलि अलि काम गरेको र जति गर्नुपर्ने हो त्यति गर्न नसकेको दाबी गरेका छन् । उनले आफ्नो दलले सरकारलाई दिएको समर्थन कायमै राखेको पनि बताए ।

अहिले सरकारको विकल्प खोज्ने बेला नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारलाई खासै प्रभाव नपर्ने बताए ।

तर, प्रचण्ड कति दिन टिक्ने भन्ने कुरा शक्ति राष्ट्रको हातमा रहेको उनको सनसनीपूर्ण टिप्पणी छ । उनले पुषमा प्रधानमन्त्री प्रचण्डले ९९.७ प्रतिशत विश्वासको मत पाएको तर बजेट पास गर्ने बेलामा झण्डै सरकार ढलेको अवस्था पनि चित्रण गरे । उनले नेपालमा विदेशी हस्तक्षेप रहेको जिकिर गरे । उनले संघीयताले मुलुकमा आर्थिक संकट ल्याएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot