Logo

कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, ट्रमा सेन्टरको आईसीयूमा उपचार जारी



काठमाडौं, २० भदौ । खुकुरी प्रहारबाट गम्भीर घाईते भएका नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

सहमहामन्त्री यादवमाथि आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बाटोमा खुकुरी प्रहार भएको थियो ।

यादवको टाउकोको पछिल्लो भाग र गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ विज्ञ डाक्टरहरुद्वारा यादवको अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाईएको अस्पतालले बताएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot