Logo

एमाले अध्यक्ष ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अर्पण गरे श्रद्धाञ्जली



काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृयदघातका कारण निधन भएको छ ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । भोलि दिउँसोसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीका नेता तथा कार्यकर्ता, नेपाल सरकारका मन्त्री, विशिष्ट पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिति रहेको छ ।

नेम्वाङको सम्मानमा एमालेले तीन दिनसम्म सबै पार्टी कार्यालयको झण्डा आधा झुकाउने भएको छ । साथै, एमालेले तीन दिनसम्म पार्टी र पार्टी संवद्ध सबै संगठनहरुको औपचारिक कार्यक्रम पनि स्थगित गरेको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot