Logo

नेकपा एसका केन्द्रीय सदस्य राजु गुरुङद्धारा पार्टी परित्यागको घोषणा



काठमाडौं,२८ भदौ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’ भनेर स्टाटस लेखेका हुन् ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्