Logo

यूके पठाईदिन्छु भनी २० लाख ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं, २९ भदौ । वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भनि रकम ठगी गर्ने मुक्तिराज बोम्जन पक्राउ परेका छन् । प्रकाश कठायतसहित सात जनालाई जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भनि उनले २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पर्साजिल्ला निर्मलबस्ती वडा नं. ०२ स्थायी घर भएका बोम्जनमाथि थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot