Logo

आजपाले भोलि भन्सार विभाग घेर्ने



काठमाडौं, ३० भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि (आइतबार) भन्सार विभाग घेराउ गर्ने भएको छ । आजपाले देशमा सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गरेको छ ।

त्यसको लागि भोलि भदौ ३१ गते आइतबार ललितपुरको कुपण्डोलबाट जुलुश निकालेर त्रिपुरेश्वरस्थित् भन्सार विभाग घेराउ गर्ने कार्यतालिका रहेको प्रवक्ता सिबी साहले जानकारी दिए । सो क्रममा उनीहरुले भन्सार विभागका डिजीलाई ज्ञापनपत्र पनि बुझाउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot