Logo

कांग्रेस नेतृत्वसँग कँडेलको आग्रह- नवलपरासी जिल्ला कार्यसमिति पूरै रास्वपाको कब्जामा गयो, विघटन गरौं



काठमाडौं,५ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा बिहीबारदेखि जारी बैठक अझै केहीदिन सञ्चालन हुनेछ ।

दुई दिनदेखि जारी बैठकमा नेताहरुदे आ-आफ्नो धारणा राखिरहेका छन् । शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नवलपरासी पश्चिम कांग्रेस जिल्ला कार्यसमिति राष्ट्रिय स्वतन्त्र पार्टीको कब्जामा गएको बताएका छन् ।

जिल्लामा गुटबन्दीका नाममा गलत अभ्यास गर्दै अर्को दल घण्टी (रास्वपाको चुनाव चिन्ह) को कब्जामा पुर्याइएको उनले बताएका हुन् ।

‘जिल्ला कार्यसमिति पूरै घण्टीको कब्जामा गएको छ । जिल्ला कार्यसमितिलाई विघटन गर्नुस् । होइन भने बिस्तारै–बिस्तारै घण्टीलाई पार्टी बुझाइदिऊँ । नभए घण्टी लिएर त्रिवेणी मेला र घाटमा गएर बस्नुपर्नेछ,’ कँडेलले भने, ‘विनोद चोधरीलाई कसरी हराउने र कांग्रेसलाई कसरी ध्वस्त बनाउने भन्नेमात्रै छ । एउटा कमिटी बनाएर जसले गलत गरेको छ उसलाई कारबाही गरौं । मसँग प्रणाम छ घण्टीको प्रचार गर्दै हिँडेको । पार्टीमा दण्ड र पुरस्कारको व्यवस्था होस्, गलत भए दण्डित गरौं । राम्रो गरे पुरस्कार गरौं । आइतवार जिल्लाबाट डेलिगेसन आउँदैछ, अब हामी चुप लाग्दैर्नौं ।’

पार्टीमा नेता कँडेल सभापति शेरबहानदुर देउवा निकट मानिन्छन् भने उनको गृह जिल्ला नवलपरासी पश्चिमका सभापति अर्जुन पोखरेल संस्थापन इतरका नेता हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot