Logo

मेयर बालेन शाहले सिन्को नभाँचेको एमाले नेता सूर्य थापाको आरोप (भिडिओसहित)



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सिन्को नभाँचेको आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले अहिलेसम्मका काठमाडौं महानगरका मेयरहरुमध्ये बालेन्द्र शाह त अतिरिक्त बनेर आउनुभयो नि भनेर सोधेको प्रश्नमा उनले भने–‘तिनले सिन्को कुन भाँचे लु भन्नुहोस त ? सिग्नेचर पुल हामीले बनाएको हो केपी ओली नेतृत्वको पालामा, अब माइतीघरदेखि सुर्यविनायकसम्मको बाटो जाइकाको सहयोगमा उत्तिखेरै विस्तार भएको हो । उनले के गरे त ?

सो क्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल अब एकीकृत समाजवादीमा बस्ने संकेत नदेखिएको टिप्पणी गरेका छन् । उनले भने,‘पार्टीको सम्मानित नेताले नै अपानी जारी हुँदा मलाई थाहा भएन अब कोतपर्व हुन्छ भनेर बोलिरहनुभएको छ, त्यो पार्टीमा बस्ने कुनै संकेत देख्नुभएको छ र तपाईँले ? सम्मानित नेताको सम्मान नहुने कुनै पार्टी छ भने त्यही एकीकृत समाजवादी हो । जुन गोरुको सिंङ छैन्, त्यो गोरुको नाम तिखेजस्तो व्यवहार गरिएन उहाँप्रति ? नाम, पद र पदावली चाहीँ सम्मानित नेता अरे, अन्तरपार्टी निर्देशन चाहीँ माधव नेपालको गुटमा परिणत गर्नको निम्ति, कुन्तको पार्टी छ एउटा कचौराजत्रो, त्यो कब्जा गर्न माधव नेपालले एकलौटी आसेपासे राखेर अपानी जारी गर्नुभयो रे ।’

उनले माधव नेपालबाहेक उनका दलका सबै नेतालाई एमालेमा भित्र्याउने खुलासा गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता नभएर तस्विरमात्रै खिचाएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot