Logo

विप्लवको टिप्पणीः ‘देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने प्रचण्ड गरिब देशहरुको अध्यक्ष बने’



काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिब देशहरुको अध्यक्ष बन्दा पनि खुसी मानेको टिप्पणी गरेका छन् ।

प्रगतिशील कानुन व्यवसायी यशोसिएसनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकलाई स्वीजरल्याण्ड बनाउँछु भन्नेहरु गरिब देशको अध्यक्ष बनेको बताएका हुन् ।

‘१० वर्षमा स्वीजरल्याण्ड बनाउने भन्यौं, कसैले सिंगापुर बनाउने भने । अहिले प्रचण्ड कमरेड गरिब देशहरुको अध्यक्ष बनिराख्नु भएको छ । त्यसमा गौरब गर्छु भन्दै हुनुहुन्थ्यो । ठीकै छ ,’– उनले भने ।

जमिन, उत्पादकत्व नभएर नेपालीहरु पछि नपरेको उनको भनाई छ । कानुन र मानव अधिकार नभएका कारण नेपालीहरु समस्यामा रहेको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी अन्याय सहेर भोकभोकै मर्नेभन्दा पनि विद्रोह गरेर कानुन बदल्ने पक्षमा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्