Logo

नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन काठमाडौंमा सुरु (तस्बिरहरु)



काठमाडौं,७ असोज । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी रहेका छन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाएको कांग्रेसले जनाएको छ । आजबाट सुरु महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तस्बिरहरु: मुकुन्द कालिकोटे – रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्