Logo

कोशी सरकार जोगाउन ओली र देउवाबीच कुराकानी



काठमाडौं, १० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आफू नेतृत्वको सरकार जोगाउनका लागि भरपूर प्रयास भइरहेको बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँग संवाद गर्दै उनले प्रदेश सरकार जोगाउनका लागि संसद्मा प्रतिनिधित्व रहेका छ वटै राजनीतिक दलसँग संवाद भइरहेको बताएका हुन् । उनले सरकारलाई विश्वासको मत दिन राप्रपा तयार रहेको बताए । साथै, सघन रुपमा कांग्रेससँग छलफल भइरहेको पनि उनको भनाई छ । कांग्रेसको प्रदेश तहको नेतृत्वसँग आफूले पनि छलफल गरिरहेको बताउँदै उनले संस्थागत हिसाबले पनि छलफल भइरहेको बताए ।

‘कांग्रेससँग कुरा भइराखेको छ । मैले आफूले पनि गरेको छु । हाम्रो पार्टीले संस्थागत हिसाबले पनि गरेको छ,’– कार्कीले .भने ।

कांग्रेसको चाहना संविधानको धारा १६८(५) मा गएर सरकार बनाउने रहेको उनले बताए । १६८(५) निर्दलीय धारा रहेको बताउँदै उनले उक्त धारामा सरकारको अभ्यास गरिए एक महिनाभित्र चुनाव घोषणा हुने उनले दाबी गरे ।

‘उहाँहरुले अझसम्म बुझ्नु भएको छैन र संविधानको एउटा धारा छ हामीसँग १६८ (५) जसलाई निर्दलीय धारा भन्दा पनि हुन्छ । पार्टी सिस्टमलाई त्यसले अपनत्व दिँदैन । कुनै व्यक्तिलाई सरकार बनाउने अथाव फाल्ने सन्दर्भमा कारबाही गर्ने अथवा ह्वीप लागू गर्ने हुँदैन । बहुदलीय सिस्टममाथि चुनौति दिन धारा पनि संविधानमा रहेको छ । त्यहाँ पुगेपछि भन्ने कतिपय साथीहरुको कुरा छ । त्यहाँ पुग्नु भनेको चाहिँ यदि पाँचमा पुग्यो भने त्यसको एक महिनाभित्र चुनाव घोषणा हुन्छ । त्योभन्दा अर्को विकल्प छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot