Logo

सरकारसँग सहमति जुटेपछि एमालेले आजको संसद् बैठक अवरुद्ध नगर्ने



काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आज बस्ने संसद् बैठकमा एमालेले कुनैपनि अवरोध नगर्ने भएको छ । सुन तस्करी छानविनका लागि उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र उक्त आयोगले तीन महिनामा तस्करी नियन्त्रणमा आवश्यक सुझाव दिन नेताहरुबीच सहमति जुटेको थियो ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक अघि सरकारले आयोग गठनको घोषणा गर्ने भएपछि एमालेले सदन अवरोध गर्न जरुरी नभएको जनाएको छ ।

यसअघि साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको छानबिन गर्न माग गर्दै एमालेले एक महिनासम्म सदन अवरुद्ध गरेका थियो । आज बसेको एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकमा तीन सदस्यीय आयोग बनाउने सहमति जुटेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot