Logo

डेंगु संक्रमणबाट एक शिक्षकको मृत्यु



काठमाडौं,१५ असोज । डेंगु संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । सोमबार डेंगु संक्रमणबाट दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक शिक्षकको मृत्यु भएको हो ।

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँ रोल्पामा अध्यापन गराउँदै आएका थिए ।डाँगीलाई केही समय अघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा आइतबार साँझ मात्रै उपचारका लागि ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot