Logo

एमाले कोशी प्रदेश अधिवेशनको निश्पक्षतामाथि ओलीको प्रश्न



काठमाडौं, १७ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेश अधिवेशनको निश्पक्षतामाथि प्रश्न उठाएका छन् । आज (बुधबार) नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले निर्वाचनमा खटिएकाहरुले निश्पक्ष रुपमा काम गर्न नसकेको आरोप लगाएका हुन् ।

निर्वाचन आयोगको काम कारबाही हुनुपर्ने जस्तो नभएको उनको भनाई थियो । न्यायिक मन नभएर र न्यायपूर्ण व्यवहार गर्न नसक्नेहरु निर्वाचमा नबस्नुपथ्र्यो भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडा र विनोद ढकाल अध्यक्षको प्रतिस्पर्धी थिए । उनीहरु प्यानल नै बनाएर चुनावमा होमिएका थिए । ढकाललाई पराजित गर्दै कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्