Logo

एमाले नेतृत्व पँक्ति बोकेर अध्यक्ष ओली कांग्रेसको चियापानमा सरिक हुन सानेपामा (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

कांग्रेस मुख्यालय सानेपामा जारी चियापानमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो सहभागित रहेको छ । विभिन्न दलका नेता, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू चियापानमा पुगेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु सानेपामा पुगेका छन् । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, छविलाल विश्वकर्मा, उपमहासचिवद्धय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता डा. राजन भट्टराई, एमाले युवा नेतृ तथा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल चियापानमा पुगेका थिए । सानेपामा कांग्रेस नेताहरुले एमाले नेतृत्व पँक्तिलाई न्यानो स्वागत गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र ओली दुवैले हात हल्लाएर अभिवादन गरेको देख्न पाईन्छ ।



प्रतिक्रिया दिनुहोस्