Logo

नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै मलेसिया



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर सुरुवातमा फिल्डिङको निम्ता पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको हो । मलेसिया सोमबार भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । भने नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।

नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । 

नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, विवेक यादव, सन्दीप लामिछाने, कुशल मल्ल।



प्रतिक्रिया दिनुहोस्

Screenshot