Logo

मलेसियामाथि ६ विकेटको रवाफिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले खेल सकिन १२ बल बाँकी रहँदै पूरा गरेको हो । नेपालको जितमा कुशल मल्लले शानदार प्रदर्शन गर्दै ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकासमेत हिर्काएका थिए । त्यस्तै नेपालका ओपनर कुशल भूर्तेलले ४३ रन जोड्दा ४ चौका र ४ छक्का प्रहार गरे ।

भने अर्का ओपनर आसिफ शेखले २ छक्का र १ चौकामा ३२ रन थपे । भने कप्तान रोहित पौडेल २ रनमै आउट हुँदा सन्दीप जोराले नटआउट रहँदै २ चौकबाको मद्दतमा १८ रन थपे ।

यसअघि टस जितेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो । उसका लागि शैयद आजिजले सर्वाधिक ६८ रन बनाएका थिए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए । नेपालले आफ्नो अन्तिम अ‍ेदमा पर्सी ओमानसँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot