Logo

आज ओमानसँग भिड्दै नेपाल



काठमाडौं, कार्तिक १६ । आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमानबीच खेल हुँदैछ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमान पनि समूह चरणको सबै खेल जित्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । उसले पहिलो खेलमा मलेसियालाई ३२ तथा दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबारको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेका छन् ।

समूह ‘बी’ बाट अब हङकङ र बहराइनमध्ये एक टिम सेमिफाइल पुग्नेछ । हङकङले भने समूह चरणको अन्तिम खेलमा लय देखिएको यूएईको सामना गर्नेछ । बिहीबार नेपालले ओमानलाई हराएमा सेमिफाइनलमा बहराइन र हङकङमध्ये एक टिमको सामना गर्नेछ । उक्त सेमिफाइनल खेल टियू मैदानमा हुनेछ ।

यदि ओमानसँग हार बेहोरेको खण्डमा चाहिँ नेपालले सेमिफाइनलमा यूएईलाई प्रतिस्पर्धी पाउने देखिन्छ । दोस्रो सेमिफाइनल मूलपानी क्रिकेट ग्राउन्डमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot