Logo

टी-२० विश्वकपमा स्थान पक्का गरेको नेपाली टिमलाई कांग्रेस महामन्त्री थापाले दिए बधाई



काठमाडौं,१७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको थियो ।

नेपालले यूएईलाई हराएपछि सामाजिक सञ्जालमार्फत थापाले नेपाली टिमलाई बधाई दिएका हुन् । उनले भनेका छन् ‘दस वर्ष पछि फर्किएको खुसी, हामी फेरि विश्वकपमा । नेपाली राष्ट्रिय क्रिकेट टिम लाई बधाई तथा धन्यवाद’!

आज भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

मूलपानी मैदानमा १३५ रनको लक्ष्य पाएको नेपालले १८औं ओभरको पहिलो बलमा नै लक्ष्य पूरा गरेको थियो । प्रतियोगिताको उपाधिका लागि अब ओमान र नेपालबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।

नेपाल टी -२० विश्वकपमा १० वर्षपछि दोस्रोपटक छनोट भएको हो । यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । 



प्रतिक्रिया दिनुहोस्