Logo

नलगाड नगरपालिकाका मेयर भन्छन्, ‘भूकम्पपछि नगरभित्रका ९८ प्रतिशत घर बस्न योग्न छैन’



काठमाडौं, २६ कात्तिक । जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बर बहादुर रावतले भूकम्पका कारण नगरभित्रका ९८ प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भूकम्पका कारण कुनै पनि घर बस्न योग्न नरहेको बताए । उनले भूकम्पपछि आइरहेका सानातिना पराकम्पले बाँकी रहेका घरहरुमा पनि क्षति पुर्याइरहेको बताए ।

भूकम्पका कारण नगर उपप्रमुख सरिता सिंहसहित ५५ जनाको निधन भएको उनले बताए । भूकम्पपछि अस्थायी टहरा निर्माणको काम भर्खरै सुरु हुन थालेको मेयर राउतले बताए । उक्त स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई वटा अस्थायी घर निर्माण गरिदिएको पनि उनले बताए ।

‘नगरपालिकाले उपलब्ध गराएको सामाग्रीमा विप्लव नेतृत्वको नेकपाले दुईवटा अस्थायी घर निर्माण गरिदिएको छ । अरु अस्थायी प्रकृतिका संरचनाहरु अब निर्माण हुन्छ,’– मेयर राउत भने ।

उक्त स्थानहरुमा अहिले प्रायः सबैले त्रिपाल पाएको मेयर राउतको भनाई छ । एउटै त्रिपालमा पूरै परिवार अटाउन पर्ने अवस्था एकदमै कठिन रहेको उनको भनाई छ । आफूहरु निरन्तर रुपमा भूकम्प प्रभावितहरुकै सेवामा लागिरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot