Logo

वामपन्थी एकताको विपक्षमा उभिए ओली, नेता/कार्यकर्तालाई दिए यस्तो सुझाव



काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताका कुरा गर्नु बेकार भएको टिप्पणी गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई वामपन्थी एकताको कुरा गरेर समय फाल्न नहुने सुझाव दिएका छन् । पार्टीको केन्द्रीय कमिटीको छैटौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन् । नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको । वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं । काम गर्न सक्दैनथ्यौं । हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।’

उनले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई अरुको स्वार्थअनुसार काम गर्ने दलको संज्ञा दिए । सो क्रममा उनले पार्टीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानपछि आन्दोलन गर्नुपर्ने आवश्यकता महसुस भएको सुनाए । देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता भएको उनको भनाई थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot