Logo

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा



काठमाण्डौं, मंसिर १० । जारी इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गएराती भएको खेलमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । गएरातीको खेलमा आर्सनलका काइ हाभर्टजले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक भएको हो ।

आर्सनलको १३ खेलका ३० अङ्क भएको छ । यसअघि हिजो भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एकरएक गोलको बराबरी खेले । सिटीले एर्लिङ हालान्डको गोलमा लिएको अग्रता जोगाउन सकेन । खेलको ८०औँ मिनेटमा अलेक्जेन्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई बराबरी गरे । सिटी २९ अङ्कसहित दोस्रो र लिभरपुल २८ अङ्कसहित तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot