Logo

लुम्बिनीले दियो गण्डकीलाई १०४ रनको लक्ष्य



काठमाडौं,१० मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी -२० प्रतियोगीतामा समूह बी को दोस्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०३ रन जोड्न सक्यो ।

उसका लागि नर सार्की र ध्रूब सुनारले समान २३ तथा विरामट भण्डारीले १६ रन जोडे । बलिङतर्फ गण्डकीका अम्रित गुरुङले तीन तथा चन्द्र पौडेलले २ विकेट लिए ।

पहिलो खेलमा विभागीय टिम एपीएफलाई हराएको गण्डकीले आजको खेलमा जित हात पारेमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot