Logo

लुम्बिनीसँग हार्‍यो गण्डकी, विभागीय टिम एपीएफ केपी ओली कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं,१० मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० मा विभागीय टिम एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह बी को खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग ५ रनले पराजित भएसँगै रनरेटका आधारमा एपीएफले सेमिफाइनलको यात्रा तय गरेको हो । एपीएफ क्लबको नेट रन रेट १.९८९, गण्डकी प्रदेशको नेट रन रेट —०.००८ र लुम्बिनी प्रदेशको नेट रन रेट —१।९७५ रह्यो । समूह ‘ए’ बाट भने बागमती प्रदेश यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । 

आजको खेलमा १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ९८ रन बनाउँदै अलआउट भएपछि लुम्बिनीले ५ रनको साँघुरो जित हात पारेको हो ।

सुरुवातदे िनै कमजोर प्रदर्शन गरिरहेको गण्डकीका लागि सुदिप अर्यालले २४ बलमा ४ छक्का र २ चौका हिर्काउँदै ३५ रन बनाएपनि टिमलाई हारबाट टार्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका मह्मद हुसेनले ४ तथा अजय लुनियाले तीन र रमेश कुर्मीले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot