Logo

जाजरकोट भूकम्प पीडितका लागि नेपाल बैंकद्वारा ५० लाख आर्थिक सहयोग



काठमाडौं,११ मंसिर । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।

गत कार्तिक १७ गते मध्यराति जाजरकोटको रामिडाँडा केन्द्र भएरगएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले सो सहयोग हस्तान्तरण गरेको हो।

नेपाल बैंक लिमिटेड,सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष हस्तान्तरण गरे।

नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा,कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त,बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्