Logo

नेपाल सुपर लिग- ललितपुर र पोखरा गोलरहित बराबरीमा



काठमाडौं,१३ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसकेपछि गोलरहित बराबरीमा रोकिएका हुन् ।

खेलको छैटौँ मिनेटमा मोसेस त्वमको प्रहार पोस्टमा लागेर फर्किँदा पोखराले अग्रता बनाउने सुनौलो अवसर गुमायो । राइट साइडबाट फ्रयांकलिन टल्लाले निकालेको पासमा ‘फस्र्ट टच’ भली प्रहार गरे पनि सेकेन्ड बारमा लागेर फर्किएको थियो ।

३३औँ मिनेटमा कप्तान अनन्त तामाङको हेडर पोखराका गोलकिपर गुएमी प्रिसो जान्गाले पन्च गर्दै गोलको सम्भावना टारे । अनिल महर्जनको कर्नरलाई अनन्तले हेडमार्फत पोस्टको दिशा दिन खोजे पनि जान्गाले त्यो सम्भावना टारेका हुन् ।

आज ललितपुर र पोखरा दुवै टिम लगातार दोस्रो जितको खोजीमा थिए । यसअघि, प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्