Logo

नेपाल सुपर लिगमा आज धनगढी र लुम्बिनी भिड्दै



काठमाडौं, मंसिर १४। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन् । आजको खेलमा साविक विजेता धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबबीचमा प्रतिष्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् । एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्