Logo

इजरायल र हमासबीचको युद्धविराम सकियो, इजरायलले फेरि सुरु गर्‍यो आक्रमण



काठमाडौं,१५ मंसिर । इजरायल र प्यालेस्टाइनी लडाकु समूहबीच लागू भएको अस्थायी युद्धविराम समाप्त भएसँगै इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले गाजापट्टीमा स्थल आक्रमण फेरि सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत सात अक्टुबरमा हमास लडाकुले इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरेपछि मध्यपूर्वमा उद्ध चर्किएको छ । इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनतर्फ १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको र लाखौँ विस्थापित भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले बताएका छन् । उता इजरायलतर्फ पनि १२ सयको मृत्यु भएको छ ।

इजरायली आक्रमणमा गाजा पूर्णरुपमा ध्वस्त भएपछि अन्तर्राष्ट्रिय समूदायको दबाबमा ६ दिनसम्म अस्थायी युद्धविराम लागू भएको थियो । युद्धविराम लागू भएको समयमा हमास र इजरायली सेनाले आआफ्ना कब्जामा रहेका बन्दीहरू रिहा गरेका थिए ।

हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ भने एक जना विपिन जोशी सम्पर्कविहीन छन् । उनी हमासको नियन्त्रणमा रहेको विश्वास गरिन्छ । युद्धविराम लागू भएको समयमा हमासले थाई र इजरायली नागरिकलाई रिहा गरे पनि विपिन जोशीलाई भने रिहा गरेन । अब फेरि युद्ध सुरु भएसँगै जोशीको रिहाइ कठिन बनेको छ ।

नेपालले हमासका साथै अन्तर्राष्ट्रिय समूदायसँग जोशीको रिहाइका लागि आग्रह गरेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्