Logo

आजियाटाले झुटो प्रचार गर्‍यो, सीईओलाई बयानका लागि बोलाउनुपर्छः स्वर्णिम वाग्ले



काठमाडौं,२० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले एनसेलको खरिद–बिक्री प्रकरणमा आजियाटाका सीईओलाई नै पत्र काट्नुपर्ने बताएका छन् ।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले सीईओलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताए ।

“नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार आजियाटाले गरेको छ, समितिले नै पत्र काटेर बोलाउनुपर्छ,” उनले भने, “बरू के सहयोग चाहिन्छ, हामी त्यो गर्न तयार छौँ ।”



प्रतिक्रिया दिनुहोस्