Logo

एनसेलले नेपाल दूरसञ्चार प्राधिरणलाई पठाएको पत्रमा के छ ? (पत्रसहित)



काठमाडौं,२० मंसिर । एनसेलको सेयर खरिद बिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरण को जवाफ एनसेलले पठाएको छ । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपाल बाट बाहिरिने घोषणा गरेको थियो ।

उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको हो ।

एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको छ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

यस्तो छ एनसेलले सरकारलाई पठाएको पत्र



प्रतिक्रिया दिनुहोस्